Banijya News

रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च विन्दुमा

1
1.0K Shares

इरान र इजरायल–अमेरिका युद्धको प्रत्यक्ष असर खाडी मुलुकमा परिरहेका बेला नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुन सक्ने आँकलन गरिएको थियो । तर, यो अनुमानलाई गलत साबित गर्दै चैत महिनामा हालसम्मकै उच्च विन्दुमा रेमिट्यान्स नेपाल भित्रिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको नौ महिनामा १६ खर्ब ५९ ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलर महँगिएसँगै रेमिट्यान्स पनि बढेको हो । चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा यो हालसम्मकै सबैभन्दा बढी हो । यसअघि गत असोजमा सबैभन्दा बढी २ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । वैशाखमा पनि चैतकै हाराहारीमा रेमिट्यान्स भित्रिने जानकारहरू बताउँछन् । अघिल्लो वर्षको चैत महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रहेको थियो ।

चालु आवको नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्या २ लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्या २ खर्ब ९३ अर्ब २५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्या क्रमशः ३ खर्ब ५८ अर्ब २२२ र २ खर्ब ४९ अर्ब ६५२ रहेको थियो ।

1

Scroll to Top