सिइडिबी होल्डिङ्स लिमिटेडले आफ्ना आम्दानीमा उच्च वृद्धि गर्दै नाफा बढाउन सफल भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा कम्पनीले ४७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ३४.१४ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आवको नौ महिनामा कम्पनीले ४८ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २७.८७ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ३८ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सो अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेकोमा कमपनीको रिटेन्ड अर्निङ भने ७४ करोड ३९ लाख रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ति १ अर्ब ९६ करोड ३४ लाख रुपैयाँबाट बढेर २ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको आम्दानी र नाफा बढेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) ४५.५१ रुपैयाँबाट बढेर ६१.०५ रुपैयाँ पुगेको छ । साथै, प्रतिसेयर नेटवर्थ २५७.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.४६ गुणा र तरलता अनुपात ६३.५० प्रतिशत रहेको छ ।


