Banijya News

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

1
1.0K Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२४१.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ७ लाख ६९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ९ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले ९ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म संस्थाको कुल सञ्चालन आम्दानी ११ करोड ३० लाख र सञ्चालन मुनाफा १ करोड ४७ लाख रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्ममा संस्थाको वितरणयोग्य मुनाफा भने १२ लाख ८५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । संस्थाको खराब कर्जा अनुपात उल्लेख्य बढेको छ । संस्थाको खराब कर्जा अनुपात ६.५२ प्रतिशतबाट बढेर २१.४५ प्रतिशत कायम भएको छ । यो अवधिमा संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ७२ लाख छुट्टाएको छ । समीक्षा अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७०.११ रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top