सानिमा क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आज (सोमबार) सम्म आवेदन दिने सकिनेछ ।
कम्पनीले वैशाख २४ गतेदेखि बिक्री खुला गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेपछि समयअगावै निष्काशन अवधि बन्द गर्न लागेको जनाएको छ । यसअघि जेठ ७ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो ।
प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याइएको हो । यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे बन्दमुखी योजना हो ।
कुल इकाईमध्ये १ करोड ३० लाख इकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने २० लाख इकाई सानिमा क्यापिटलका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरो शेयर अनलाइनमार्फत दिन सकिनेछ ।


