Banijya News

एभरेष्ट कलरले जेठ २२ गतेदेखि आईपीओ जारी गर्ने

1
1.0K Shares

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यही जेठ २२ गतेदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणमा आईपीओ खुलाउन लागेको हो ।

कम्पनीले ३९ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि र १५ हजार ८ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्टाएको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top