एनआइसी एसिया बैंकले धुनषाको दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक सामग्री सहयोग गरेको हो । बैंकका जनकपुर सर्कल हेड उत्सुकराज श्रेष्ठले उक्त विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई एक कार्यक्रमबिच झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेशकुमार झा, शिक्षक तथा विद्यार्थीसहित बैंकका कर्मचारीको उपस्थिति थियो । बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीको पठनपाठनमा अझ धेरै सहजता हुनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।


