Banijya News

चार कम्पनीको लकइन अवधि सकिँदै, कुन कम्पनीको कति सेयर कारोबारमा आउँदैछ ?

1
1.0K Shares

करिब एक महिनाको अवधिमा अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडसहित चार कम्पनीको लकइन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारी तथा सामूहिक लगानी कोषहरूको स्वामित्वमा रहेको सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

लकइन अवधि समाप्त भएपछि ती कम्पनीको सेयर बजारमा कारोबारमा आउने छन् । सार्वजनिक सूचनामार्फत यी कम्पनीको सेयरमा लकइन अवधि सकिनेबारे जानकारी दिइएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार अपर स्याङ्गे हाइड्रोपावरको लकइनमा रहेका १५ लाख ६३ हजार कित्ता सेयरको अवधि असार २१ गते समाप्त हुन लागेको हो । जसमा संस्थापक सेयर १३ लाख ३० हजार कित्ता रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरिएको २ लाख २० हजार कित्ता र कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको १३ हजार कित्ता सेयर रहेको छ ।

त्यस्तै, रावा इनर्जीको संस्थापक, कर्मचारी, स्थानीयको गरी कुल २० लाख ६२ हजार ७ सय १७ कित्ता सेयरमा जेठ २९ पछि लकइन खुल्नेछ ।

नेपाल रिपब्लिक मिडियाको संस्थापक समूहको ५३ लाख २२ हजार कित्ता तथा कर्मचारीको ८० हजार १५९ कित्ता सेयरमा असार १० पछि लकइन अवधि सकिने भएको छ । साथै, रिलायन्स स्पिनिङ मिल्सको सामूहिक लगानी कोषका लागि छुट्याइएको ५७ हजार ७९८ कित्ता सेयरमा असार १८ देखि लकइन अवधि सकिने भएको छ ।

1

Scroll to Top