Banijya News

बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई आईएमई लाइफको सहयोग

1
1.0K Shares

आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवाका लागि उपयोग गरिनेछ ।

आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो संस्थालाई तीन लाख आर्थिक सहयोग प्रदान गरेको हो । जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन् ।

न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । यस सहयोगले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ । बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवाहरू प्रदान गर्दै आएको छ ।

1

Scroll to Top