पछिल्ला केहि कारोबारदिन देखि सेयर बजारका लगातार गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा कायम भएको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घट्दा वित्त उपसमूह मात्र सामान्य रूपमा बढेको छ। व्यापार उपसमूह सबैभन्दा बढी १।७७ प्रतिशतले घटेको छ भने विकास बैंक र अन्य उपसमूहमा पनि एक प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
कारोबार रकममा पनि गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा सोमबार ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल ३५६ स्टकको ५६ हजारभन्दा बढी कारोबारमार्फत ९२ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको हो।
यस दिन केही कम्पनीमा उल्लेखनीय उतारचढाव देखिएको छ। कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १३ प्रतिशतभन्दा बढीले बढेको छ। सोपान फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। तर उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ७।१४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। त्यसैगरी लक्ष्मी बैंक डिबेन्चर २०८८ र आँखुखोला जलविद्युत कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।


