Banijya News

हिमालयन रि–इन्स्योरेन्सको नाफामा ठूलो धक्का, साढे ४ अर्ब रुपैयाँ घाटामा

1
1.0K Shares

 

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालको निजी क्षेत्रको पहिलो पुनर्बिमा कम्पनी हिमालयन रि–इन्स्योरेन्स लिमिटेड ठूलो वित्तीय दबाबमा देखिएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्म ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालु आवको सोही अवधिमा ४ अर्ब ४३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक (घाटामा) पुगेको छ।

आम्दानीमा संकुचन र खर्चमा भएको उच्च वृद्धिका कारण कम्पनीको वित्तीय सूचकहरूमा यो ठूलो गिरावट आएको हो। समीक्षा अवधिमा कम्पनीको खुद बिमाशुल्क आर्जन ४ अर्ब १८ करोडबाट घटेर ४ अर्ब ३ करोड ९६ लाख रुपैयाँमा खुम्चिएको छ भने कुल आम्दानी पनि ५ अर्ब २० करोडबाट घटेर ४ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

अर्कोतर्फ, दाबी भुक्तानी रकम २ अर्ब २८ करोडबाट बढेर ३ अर्ब ५१ करोड रुपैयाँ पुग्दा कुल खर्च १ अर्ब १९ करोडले बढेर ४ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको छ। यसरी खर्च र दाबी रकम आकासिँदा कम्पनीको प्रतिसेयर आम्दानी  पनि १२.६८ रुपैयाँ धनात्मक रहेकोमा अहिले घटेर ०.५४ रुपैयाँ ऋणात्मक बन्न पुगेको छ, जसले गर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.१८ रुपैयाँ कायम भएको छ।

नेपालको बिमा बजारमा निजी क्षेत्रको सहभागिता बढाउने र पुनर्बिमाका लागि बाहिरिने स्वदेशी पुँजीलाई देशमै रोक्ने उद्देश्यका साथ हिमालयन रि–इन्स्योरेन्सको स्थापना भएको हो। स्थापनाको छोटो समयमै सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक सेयर  निष्कासन गरेर पुँजी बजारमा समेत बलियो उपस्थिति जनाएको यस कम्पनीको व्यवसाय विस्तार र साख निकै उच्च मानिन्छ। नेपाल भित्रका अधिकांश बिमा कम्पनीहरूको पुनर्बिमा व्यवसाय सम्हाल्दै आएको यस कम्पनीले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो व्यापार विस्तार गरिरहेको छ।

यद्यपि, पछिल्लो समय सिर्जना भएका ठूला बिमा दाबीहरू, बढ्दो कुल बिमा दायित्व ९जुन ६ अर्ब ३६ करोडबाट बढेर ८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ० र विश्वव्यापी आर्थिक उतारचढावका कारण कम्पनीको नाफामा तात्कालिक धक्का लागेको देखिन्छ। यो गिरावटलाई परिमार्जन गर्दै आगामी दिनमा व्यवसाय र जोखिम व्यवस्थापनलाई कसरी सन्तुलनमा लैजान्छ भन्ने कुराले कम्पनीको आगामी भविष्य तय गर्ने देखिन्छ।

1

Scroll to Top