Banijya News

पठाओ बजारमा ब्युटी मेला सुरु सौन्दर्य सामग्रीमा ३० प्रतिशतसम्म छुट

1
1.0K Shares

पठाओ नेपालले आफ्नो अनलाइन सपिङ प्लेटफर्म ‘पठाओ बजार’ मार्फत ग्राहकहरूका लागि आकर्षक छुट सहितको ‘ब्युटी मेला’ सुरु गरेको छ। जुन १६ देखि सुरु भएको यो विशेष मेला २१ दिनसम्म चल्नेछ, जहाँ ग्राहकहरूले सौन्दर्य, स्किनकेयर, मेकअप र व्यक्तिगत हेरचाहका विभिन्न सामग्रीहरूमा ३० प्रतिशतसम्मको बम्पर छुट पाउन सक्नेछन्। मेलामा आबद्ध फरक-फरक ब्रान्डहरूले आफ्ना उत्पादनमा विशेष अफर र भिन्न-भिन्न छुटको व्यवस्था समेत गरेका छन्।

यस अभियानको मुख्य विशेषता पठाओ बजारको ‘इन्स्ट्यान्ट डेलिभरी’ सेवा हो, जसका कारण ग्राहकले अर्डर गरेका सौन्दर्य तथा दैनिक प्रयोगका सामग्रीहरू निकै छिटो र भरपर्दो रूपमा घरमै प्राप्त गर्न सक्नेछन्। दैनिक उपभोग्य र व्यक्तिगत हेरचाहका सामानहरू सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्य बोकेको पठाओले यो मेला मार्फत ग्राहकलाई झन्झटरहित र सुलभ किनमेलको उत्कृष्ट अनुभव दिने विश्वास लिएको छ। साथै, कम्पनीले आगामी दिनहरूमा पनि ग्राहकको सुविधा र फाइदालाई ध्यानमा राख्दै यस्तै खालका अन्य अफर तथा अभियानहरू निरन्तर ल्याइरहने योजना बनाएको छ।

1

Scroll to Top