Banijya News

सिटिजन्स बैंकद्वारा म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री र पाइप सहयोग 

1
1.0K Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित राखु भगवती स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री र स्वच्छ खानेपानी व्यवस्थापनका लागि पाइप सहयोग गरेको छ। बैंकको बेनी शाखा मार्फत स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली र एचडीपीई पाइप हस्तान्तरण गरिएको हो।

रघुगंगा वडा नं. १ र २ का ४३०० भन्दा बढी स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा तथा २४ घण्टे प्रसूति सेवा प्रदान गर्दै आएको यस स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुदृढ गर्ने र विपन्न वर्गको स्वास्थ्यमा पहुँच बढाउने उद्देश्यले बैंकले यो सहयोग गरेको हो। आगामी दिनमा पनि सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने बैंकले जनाएको छ।

प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४/र २०२५’ को उपाधि विजेता सिटिजन्स बैंकले नेपाली बैंकिङ क्षेत्रमा विभिन्न आधुनिक र डिजिटल सेवाहरू भित्र्याउँदै आएको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, युवाहरूका लागि ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’, र फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष बचत खाता सञ्चालनमा ल्याएको छ। यसका साथै मोबाइल एपबाटै सेयर आवेदन दिन सकिने सुविधा र क्रस बैंक टेलर क्युआर (QR) स्क्यान मार्फत नगद भुक्तानी जस्ता नवीनतम प्रविधि प्रदान गरिरहेको यस बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम र ४२ शाखारहित बैंकिङ एकाइहरू मार्फत २० लाख ३२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

1

Scroll to Top