Banijya News

कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

1
1.1K Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा आइतबार राति पौने १० बजे काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको छ। लामो समयदेखि दमको समस्याबाट ग्रस्त खरेलको उपचारका क्रममा निधन भएको जानकारी पाँचखाल नगरपालिकाका प्रमुख एवं उनका छोरा महेश खरेलले दिएका हुन्।

नेपाली राजनीतिका शिखर पुरुषहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग निकट रहेर राजनीति गरेका खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद सदस्य निर्वाचित भएका थिए। आफ्नो संसदीय यात्राका क्रममा शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ भने दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने भएको छ ।

1

Scroll to Top