Banijya News

निर्जीवन लघुबीमा व्यवसायले नाघ्यो एक अर्ब १९ करोड, कुनले कति कमाए ?

1
1.0K Shares

नेपालमा सञ्चालित निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालित चार वटा निर्जीवन लघुबीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार, चालू आर्थिक वर्ष २०८२।०८३ को जेठ महिनासम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सर्वाधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस कम्पनीले समिक्षा अवधिमा ३४ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्सले यस अवधिमा २९ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले २८ करोड ५३ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

समीक्षा अवधिमा ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि आफ्नो बीमा व्यवसाय विस्तार गर्दै २७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

1

Scroll to Top