Banijya News

१५ कन्सल्टेन्सीका १८ जना सञ्चालक पक्राउ, कारण यस्तो

1
1.0K Shares

उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको छ ।

अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो ।

पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, दुई जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

दर्ता नगरी सञ्चालन गरेको आरोपमा कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा गुरुबा–स्टडी ग्लाइडर, लेक्सिको एजुकेसन, पास्कल एजुकेसन, एपिटोम एजुकेसन, मेघाटेक एजुकेसन, स्किल पोइन्ट एजुकेसन रहेका छन् ।

त्यस्तै, भाइब्रेन्ट एजुकेसन, ड्रीम एजुकेसन, युनिभर्सल गेटवे, भिक्ट्री एजुकेसन, २४ घण्टा एजुकेसन, ग्रिनर एजुकेसन, ग्लोबल इम्प्याक्ट, उरेशी एजुकेसन र ब्लूम एब्रोड पनि कारबाहीमा परेका छन् ।

1

Scroll to Top