Banijya News

ग्रेस फर्मास्युटिकल्सको लिनारेस एम ८५० ट्याब्लेट बिक्री–वितरणमा रोक

1
1.0K Shares

औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गरेको छ । साथै, विभागले उक्त औषधिको बिक्री–वितरण तत्काल रोक्न र बजारबाट फिर्ता गर्न निर्देशनसमेत दिएको छ ।

विभागका अनुसार, नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ब्याच नम्बर टीएलएमएस–००६ को उक्त औषधि निर्धारित गुणस्तर मापदण्डअनुसार नभएको पुष्टि भएको हो । परीक्षण प्रतिवेदनपछि सो ब्याचको औषधिको बिक्री–वितरणमा रोक लगाइएको विभागले जनाएको छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले सम्बन्धित उद्योगलाई उक्त ब्याच नम्बरको औषधि तत्काल बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण बन्द गर्न निर्देशन दिएको छ ।

विभागले औषधि व्यवसायी, स्वास्थ्य संस्था तथा सर्वसाधारणलाई सोही ब्याच नम्बरको औषधि बिक्री–वितरण नगर्न तथा प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ ।

1

Scroll to Top