हिमालयन पावर पार्टन लिमिटेडले साविकका शेयरधनीहरूमा निष्काशन गरी बाँडफाँड गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा बिहीबार ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीले साविक शेयरधनीहरूका लागि १ः०.५० को अनुपातमा ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । त्यसमध्ये ४८ लाख ५८ हजार ३४५ कित्ता शेयर बिक्री भएको थियो । बाँकी रहेको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको हो ।


