Banijya News

अप्पर लोहोरे हाइड्रोपावरको साढे २८ लाख कित्ता शेयर बजारमा आउँदै

1
1.1K Shares

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लकइन अवधि साउन २८ गतेबाट सकिने भएको छ । लकइन अवधि सकिएपछि उक्त शेयरहरू बजारमा किनबेच गर्न सकिनेछ ।

कम्पनीको संस्थापक शेयरधनीहरूको २६ लाख कित्ता, स्थानीय बासिन्दाहरूलाई बाँडफाँड गरिएको २ लाख ६ हजार ७६० कित्ता र कर्मचारीहरूलाई बाँडफाँड गरिएको ३९ हजार ७६५ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषतर्फको शेयर र तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ ।

लकइन अवधि सकिएपछि उक्त शेयरहरू किनबेच गर्न सकिनेछ । यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने शेयर निमानुसार रोक्का नै रहने कम्पनीले जनाएको छ ।

1

Scroll to Top