साताको अन्तिम कारोबार दिन सेयबजार सामान्य अंकले घटेर बन्द भएको छ । आज शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.१३ अंकले घटेर २ हजार ६००.७८ विन्दुमा सीमित बनेको छ ।
यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५३.६० विन्दुमा झरेको छ । आज नेप्सेमा सूचीकृत ३६७ वटा स्क्रिप्टको सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ८६ करोड ७ लाख बढीको भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६१ करोड १९ लाख बढीको सेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने अन्य ७ वटा रातो रहे । आज व्यापार समूह सर्वाधिक १.२७ प्रतिशतले बढ्यो । लगानी समूह ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.१३, म्युचुअल फण्ड ०.३४ र निर्जीवन बीमा ०.०४ प्रतिशतले बढेको छ ।
विकास बैंक समूहमा सर्वाधिक गिरावट आयो । यो समूह ०.३९ प्रतिशतले घट्यो भने बैंकिङ समूह ०.१७, फाइनान्स ०.२९, होटल ०.३७, हाइड्रो ०.२७, जीवन बीमा ०.०९ र अन्य समूह ०.२३ प्रतिशतले घटेर बन्द भएको छ ।
आज नेपाल बैंक डिबेञ्चर २०८७ को सर्वाधिक कारोबार भयो । यो डिबेञ्चरको आज ८९ करोड ९१ लाख बढीको सेयर कारोबार भयो । यस्तै, आरबीबीएल डिबेञ्चर २०८३ को ६९ करोड ८५ लाख, सानिमा डिबेञ्चर २०८७ को २८ करोड ५९ लाख र एसबीएल डिबेञ्चर २०८९ को २२ करोड ७ लाख बढीको कारोबार भयो ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा माथिल्लो सर्किट लागेन । आज आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक १०.६६ प्रतिशतले बढेको छ । यस्तै, कुमारी इक्विटी फण्डको मूल्य ९.०९ प्रतिशत, कालंगा हाईड्रोको ६.९२ र सानिगाड हाईड्रोको सेयरमूल्य मूल्य ६.१५ प्रतिशतले बढेको छ । आजको शेयर बजारमा भगवति हाइड्रोको सेयरमूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।


