रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता शेयर कारोबार दोस्रो बजारमा खुल्दैछ । कम्पनीको लकइन अवधि साउन ३० गते सकिने भएकाले उक्त शेयरको कारोबार खुल्ने भएको हो ।
कम्पनीको संस्थापक तर्फको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता र कर्मचारीतर्फको ७ लाख ७९ हजार ५२० कित्ता शेयरको लकइन साउन ३० गतेपछि सकिने भएको हो । यी शेयर सर्वसाधारण लगानीकर्तामा २०८० साल साउनमा आईपीओ बाँडफाँट भएपछि तीन वर्षसम्म लकइनमा रहेको थियो ।
लकइन अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरुले यी शेयर कारोबार गर्न सक्नेछन् । सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने शेयर रोक्का रहनेछ । दोस्रो बजारमा कम्पनीको ५ करोड १९ लाख ६८ हजार कित्ता शेयर सूचीकृत रहेको छ ।


