Banijya News

सरकारले हटाउन लागेको भन्दै अर्थमा करार कर्मचारीहरूको धर्ना

1
1.0K Shares

बालेन्द्र शाह नेतृत्वको सरकारले आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै करार सेवामा कार्यरत कर्मचारी विरोधमा उत्रिएका छन् । सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन् ।

सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाउन लागेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका हुन् । आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन् । साथै, सरोकारवाला कर्मचारीसँग छलफल गरेर मात्र निर्णय लिन सरकारलाई आग्रह गरेका छन् ।

आउटसोर्सिङ प्रणाली लागू गरिए हाल कार्यरत कर्मचारीहरू सेवाबाट हट्न सक्ने भन्दै उनीहरूले सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् । आफ्‌ना माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

1

Scroll to Top