नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा साउन २२ गते हुने भएको छ । कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारण सभा साउन २२ गते काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटेरिङमा हुने भएको छ ।
यसअघि असार ३१ मा बस्ने भनिएपनि गणपुरक संख्या नपुगेका कारण कम्पनीको २९औँ सभा स्थगित भएको थियो ।
सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरिने प्रस्ताव रहेको छ । साथै, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिने छ । साथै, आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।
त्यस्तै, सञ्चालक समितिमा एकजना महिलासहित ७ जना सञ्चालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १६ गते नै बुकक्लोज गरिसकेको छ ।


