गरिमा विकास बैंक लिमिटेडले एकैसाथ नयाँ प्रविधिमा आधारित तीनवटा सेवा सार्वजनिक गरेको छ । बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल तथा गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक सुरुवात गरेको हो ।
गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई–कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिनेछ ।
त्यस्तै, गरिमा पीओएस टर्मिनल सेवामार्फत व्यवसायी तथा व्यापारीहरूले डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमार्फत सुरक्षित, छिटो र भरपर्दो डिजिटल भुक्तानी प्राप्त गर्न सक्नेछन् । यसबाट नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने साथै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यसैगरी, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध अन्य कुनैपनि बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले मोबाइल एपबाट गरिमा इन्टरबैंक क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहजरुपमा नगद प्राप्त गर्न सक्नेछन् ।
गरिमा बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आएको छ । र, आफ्ना ग्राहकहरूलाई सुरक्षित, सरल, छरितो र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आगामी दिनमा पनि नवीनतम प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै जाने बैंकले जनाएको छ । बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल इकोसिस्टम मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


