Banijya News

नेपालगन्ज भन्सारबाट २० अर्ब राजस्व संकलन

1
1.0K Shares

नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ११ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार, यो राजस्व अघिल्लो आवको तुलना गत आवमा रु १६ करोड ४५ लाख कम राजस्व संकलन भएको हो ।

पेट्रोलियम पदार्थको आयातमा आएको कमी, भारतले चिनी निकासीमा लगाएको प्रतिबन्धलगायतका कारणले राजस्व कम भएको बताइएको छ । कार्यालयका अनुसार आव २०८१/८२ मा रु २० अर्ब २८ करोड ५१ लाख ८१ हजार राजस्व संकलन भएको थियो । त्यस्तै, आव २०८०/८१ मा रु १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार राजस्व संकलन भएको थियो

नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ । यस भन्सारबाट जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ ।

1

Scroll to Top