Banijya News

चितवन राष्ट्रिय निकुञ्जमा २७ करोडभन्दा बढी राजस्व संकलन

1
1.0K Shares

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा गत आर्थिक वर्षमा पर्यटक आगमन बढेको पाइएको छ । पर्यटक संख्यामा वृद्धि भएसँगै राजस्व संकलनसमेत बढेको छ ।

गत आर्थिक वर्षमा दुई लाख ७२ हजार ९२३ पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका थिए । यस अवधिमा निकुञ्जले पर्यापर्यटनबाट रु २७ करोड ६३ लाख ३९ हजार ९५० राजस्व संकलन गरेको जनाएको छ ।

अघिल्लो आवमा दुई लाख ३१ हजार ३२९ पर्यटकले भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए ।

तीमध्ये, सार्क मुलुकका २२ हजार ८८३ तथा अन्य मुलुकका ८८ हजार ६६५ पर्यटकले निकुञ्जको भ्रमण गरेका हुन् । एकसिंगे गैँडा, पाटेबाघ, भालु, हात्ती तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन् ।

यसैगरी, काठ दाउरा, गैरकाष्ठ वन पैदावार बिक्री, जरिवानालगायत शीर्षकमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व संकलन निकुञ्जले जनाएको छ ।

1

Scroll to Top