Banijya News

आन्तरिक राजस्वले नाघ्यो ६ खर्ब १९ खर्ब, आयकर र भ्याटमा बढोत्तरी

1
1.0K Shares

आर्थिक वर्ष २०८२/८३ मा आयकर र मूल्य अभिवृद्धि करमा वृद्धि हुँदा आन्तरिक राजस्व बढेको पाइएको छ । सरकारले गत आवमा कुल ६ खर्ब १९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार, संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा आयकरको रहेको छ । गत आवमा २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ आयकर उठेको छ, जुन अघिल्लो आवको तुलनामा ७.२२ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा आयकरबाट २ खर्ब ५९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो ।

त्यस्तै, भ्याट संकलनमा पनि वृद्धि भएको छ । गत आवमा विभागले १ खर्ब ५२ अर्ब ५४ करोड रुपैयाँ भ्याट संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.८६ प्रतिशतले बढी हो । अघिल्लो आवमा १ खर्ब ४६ अर्ब ८७ करोड रुपैयाँ भ्याट उठेको थियो ।

विभागका अनुसार, अन्तःशुल्क संकलनमा पनि वृद्धि देखिएको छ । आन्तरिकतर्फ अन्तःशुल्कबाट गत आवमा १ खर्ब ३५ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको छ । अन्तःशुल्क गत आवमा ११ प्रतिशतले बढेको विभागको तथ्यांक छ । अघिल्लो आवमा यो रकम १ खर्ब २२ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, स्वास्थ्य सेवा करतर्फ पनि उल्लेख्य वृद्धि भएको विभागको तथ्यांक छ । गत वर्ष स्वास्थ्य सेवा करबाट ६ अर्ब ५२ करोड रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो आवको ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी हो । यस शीर्षकमा चुरोट, बिँडी लगायतका स्वास्थ्य जोखिमयुक्त वस्तुमा लाग्ने करसमेत समावेश हुन्छ ।

विभागका अनुसार, शिक्षा सेवा शुल्क संकलन पनि बढेको छ । अघिल्लो आवमा शिक्षा सेवा शुल्क ३ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको थियो । तर, गत आवमा यो रकम बढेर ३ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।

1

Scroll to Top