Banijya News

हिमालयन रिमाथि लगाइएका प्रतिबन्ध फुकुवा, कारोबार पुनः सञ्चालन

1
1.0K Shares

हिमालयन रि इन्स्योरेन्स कम्पनीले साउन १ गतेदेखि नयाँ व्यवसाय पूर्ण रुपमा सञ्चालन गरेको छ । नेपाल बीमा प्राधिकरणले गत वैशाख २९ गते कम्पनीको नयाँ बीमा व्यवसायमा लगाएको अस्थायी प्रतिबन्ध असार ३२ गते समाप्त भएपछि कम्पनीले आफ्‌नो नयाँ व्यवसायको नियमित कारोबार पुनः सुरु गरेको हो ।

बीमा प्राधिकरणका निर्देशक शाम्भाराज लामिछानेका अनुसार, कम्पनीमाथि लगाइएका सबै प्रकारका नियामकीय कारबाही असार ३२ गतेदेखि नै समाप्त भएको छ । कम्पनीलाई असार महिनासम्मका लागि नयाँ व्यवसाय गर्न पूर्ण रोक लगाइएको थियो । सो अवधि सकिएपछि त्यो प्रतिबन्ध स्वतः फुकुवा भएको हो । प्रतिबन्ध फुकुवा भएसँगै कम्पनीले नयाँ व्यवसायमा कारोबार सुरु पनि गरिसकेको छ ।

हिमालयन रिको रकम अपचलन भएको विषयमा प्राधिकरणले कम्पनीलाई कारबाही गरेको थियो । कम्पनीको खातामा रहेको २ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर खरिदको नाममा दुरुपयोग गरिएको प्रकरण अहिले न्यायिक प्रक्रियामा छ । उक्त मुद्दा विचाराधीन रहे पनि त्यसबाट कम्पनीमा थप वित्तीय दायित्व नपर्ने कम्पनीको भनाइ छ ।

उक्त प्रकरणपछि बीमा प्राधिकरणले दुई महिनाभन्दा बढी समय कम्पनीलाई नयाँ व्यवसाय गर्न रोक लगाएको थियो । हाल ती सबै कारबाहीको अवधि समाप्त भइसकेको छ । सर्वसाधारणको समेत लगानी रहेको हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताको रकम सुरक्षित रहेको बीमा प्राधिकरणले जनाएको छ ।

1

Scroll to Top