लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ । १० वर्षे अवधि भएको उक्त डिबेन्चरमा वार्षिक ७ प्रतिशत ब्याज दिइने भएको छ ।
बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागिएको हो ।
सर्वसाधारणलाई निष्काशन गर्न लागिएको ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ऋणपत्रमा आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् ।
निष्काशन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते हुनेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।


