Banijya News

मेची भन्सारबाट उठ्यो १७ अर्ब ६७ करोडभन्दा बढी राजस्व

1
1.1K Shares

पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकडभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको विवरण छ । कार्यालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व संकलन भएको थियो । त्यसको तुलनामा गत आवमा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी राजस्व उठेको हो ।

राजस्व संकलनमा वृद्धि भए पनि कार्यालयले तोकिएको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन । आर्थिक वर्ष २०८२/८३ का लागि रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले करिब ९३ प्रतिशत मात्र प्रगति हासिल गरेको जनाएको छ ।

काँकडभिट्टा नाका पूर्वी नेपालको आयात–निर्यात व्यापारका लागि महत्वपूर्ण प्रवेशद्वार मानिन्छ । यस नाकाबाट चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन् । यही नाकाबाट पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गर्दछ ।

1

Scroll to Top