युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले मनिष पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ ।
साउन ५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार हाल प्रबन्ध सञ्चालक पद रिक्त रहेको अवस्थामा युनाइटेड मोदी हाइड्रोपावरको नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बताइएको छ ।


