Banijya News

ग्रामिण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी नियुक्त

1
1.0K Shares

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ । सञ्चालक समितिको साउन १० गते बसेको २३औं बैठकले सञ्चालक डा. नहकुल के.सी.लाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि संस्थाको २०८३ असार १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट नवगठित सञ्चालक समिति गठन भएको थियो । नवगठित सञ्चालक समितिका सदस्यहरूलाई २०८३ साउन १० गते सम्पन्न २३औं बैठकमा नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधि तथा सञ्चालक प्रेमराज पोखेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

नवगठित सञ्चालक समितिमा अध्यक्षका रूपमा डा. नहकुल के.सी. रहेका छन् । त्यसैगरी नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रेमराज पोखेल, नेपाल बैंक लिमिटेडको तर्फबाट सचिता पराजुली, लागत इन्भेष्टमेन्टको तर्फबाट माणिकरत्न शाक्य तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रमोद ज्ञवाली सञ्चालक रहेका छन् ।

1

Scroll to Top