Banijya News

राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

1
1.0K Shares

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन ११ गते १७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्‌वान गरेको हो ।

बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत मात्रै सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ ।

राष्ट्र बैंकका अनुसार, यसमा न्यूनतम १० करोड रुपैयाँका लागि बोल गर्न सकिनेछ भने त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म बोल पेश गर्न सकिने छ । यस निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् ।

1

Scroll to Top