Banijya News

असारको विद्युत् खपतमा भ्याट नलाग्ने राजस्वको निष्कर्ष, यसअघि तिरिसकेको रकम के हुन्छ ?

1
1.0K Shares

आन्तरिक राजश्व विभागले असार १ गतेबाट नै बिजुलीको खपतमा मूल्य अभिवृद्धि कर(भ्याट) लाग्न नहुने निष्कर्ष निकालेको छ । यसअघि नेपाल विद्युत् प्राधिकरणले यस सम्बन्धी स्पष्टीकरण माग गरेकोमा विभागले यस्तो निर्णय गरेको हो ।

विभागका उच्च अधिकारीका अनुसार, विद्युत् खपतमा लाग्ने कर असारदेखि लागू हुँदैन । साउन १ गतेदेखि नै लागू हुने रहेछ । ती अधिकारीका अनुसार, प्राधिकरणले असार १ गतेबाट नै भ्याट लागू गर्नु गलत रहेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८३/०८३ को बजेट जेठ १५ गते सार्वजनिक गरेको थियो । जसमा बिजुलीको भ्याट खपतका आधारमा लागू गर्ने व्यवस्था थियो । त्यसअनुसार सरकारले ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकले ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ । बजेट कार्यान्वयन हुनुपूर्व नै असार १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट भ्याटसहित महशुल असुलेपछि त्यसको सर्वत्र आलोचना समेत हुँदै आएको छ ।

विद्युत् प्राधिकरणले असार १ गतेदेखि नै भ्याटसहित महशुल रकम आम ग्राहकबाट उठाइसकेको छ । असुल भइसकेको रकम के प्राधिकरणले फिर्ता गर्ला त ? भन्ने आम चासो बढेको छ । नियमसंगत र ऐनअनुसार नभइ प्राविधिक त्रुटीका कारण असार १ गतेबाट नै भ्याट रकम असुलेको सन्दर्भमा प्राधिकरणले रकम फिर्ता गर्नुपर्ने हुन्छ । रकम फिर्ताका लागि प्राधिकरण नै ग्राहकको विवरण आधारमा नियमसंगत रुपमा पहल गर्नुपर्ने हुन्छ ।

1

Scroll to Top