Banijya News

सुपर खुदी हाइड्रोपावरको ७७ हजार कित्ता शेयरको लक इन भदौमा सकिने

1
1.0K Shares

सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिँदैछ ।

यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो ।

सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषतर्फको शेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम गत फागुन १७ गतेदेखि उक्त शेयर लकइनमा रहेको छ ।

लकइनमा रहेको सो शेयर आउँदो भदौ १६ गते ६ महिना पूरा हुने भएकाले लकइन अवधि सकिएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

1

Scroll to Top