Banijya News

लघु निर्जीवन बीमाको व्यापार पुग्यो करिब १ अर्ब ३२ करोड, कसको कति ?

1
1.0K Shares

लघु निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा हाल सञ्चालित चार वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चार लघु बीमकले एक वर्षमा ५ लाख ९७२ वटा बीमालेख जारी गरेका छन् । तथ्यांकअनुसार, गत आर्थिक वर्षमा सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ । यो लघु बीमा कम्पनीले १ लाख ४३ हजार ६८१ वटा बीमालेख जारी गर्दै ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्सले १ लाख २० हजार २१३ वटा बीमालेख जारी गरेको छ । यसबाट कम्पनीले ३२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले १ लाख ३९ हजार ७१ वटा बीमालेख जारी गर्दा ३१ करोड ८१ लाख रुपैयाँको व्यवसाय गरेको छ । उता, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९८ हजार ७ वटा बीमालेख जारी गर्दै ३० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

1

Scroll to Top