Banijya News

शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिटसिला’ ल्याइने

1
1.0K Shares

नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै भिटसिला फूड्स एण्ड वेभरेज प्रालिले भिटसिला नामक शिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक ल्याउने भएको छ । कम्पनीले यो उत्पादन औपचारिक रूपमा आगामी साउन १८ मा सार्वजनिक गर्ने जनाएको छ ।

भिटसिला नेपालको प्राकृतिक सम्पदालाई विश्व बजारमा पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित विकास गरिएको प्रिमियम ऊर्जा पेय हो । यसको वैज्ञानिक फर्मुलेसन संयुक्त अधिराज्यमा विकसित गरिएको हो, जसले आधुनिक पेय विज्ञान र हिमालयन शिलाजितको परम्परागत महत्वलाई एउटै उत्पादनमा समेटेको छ ।

शिलाजित हिमालयका उच्च पहाडी चट्टानहरूबाट प्राकृतिक रूपमा प्राप्त हुने खनिजयुक्त राल हो । हजारौं वर्षको प्राकृतिक प्रक्रियाबाट बनेको यस पदार्थलाई आयुर्वेदमा ऊर्जा, स्फूर्ति र समग्र स्वास्थ्यको लागि उपयोगी, रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने, प्राकृतिक स्रोतका रूपमा वर्णन गरिएको छ ।

भिटसिलामा प्रयोग गरिएको शिलाजित गुणस्तर परीक्षण तथा शुद्धीकरण प्रक्रिया पूरा गरिएको उच्च गुणस्तरको हिमालयन शिलाजित हो । भिटसिला फूड्स एण्ड वेभरेजको विस्तृत बजार अध्ययन, अनुसन्धान तथा उपलब्ध व्यावसायिक जानकारीका आधारमा भिटसिला नेपालमै व्यावसायिक रूपमा उत्पादन तथा सार्वजनिक हुन लागेको पहिलो शिलाजित मिश्रित इनर्जी ड्रिंक हो ।

भिटसिला फूड्स एण्ड वेभरेज्स प्रालिमा सूचना प्रविधि, दूरसञ्चार तथा सञ्चार (मिडिया) क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका सफल उद्यमी नरेन्द्र बहादुर चन्द, डिटर्जेन्ट तथा साबुन उत्पादन उद्योगमा १० वर्षभन्दा बढी अनुभव भएका उद्योगी विवेक सिटौला र पोल्ट्री फिड उत्पादन उद्योगमा १२ वर्षभन्दा बढी अनुभव भएका सफल उद्यमी कविन्द्र प्रसाई संलग्न छन् ।

भिटसिला युकेको संस्थापक र को–ओनर भने डा. हना अलबाना छन् । नेपालमा सुरू भएसँगै युके, अमेरिका, युरोपेली देशहरू, मध्यपूर्वसम्म यसको निर्यात गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

1

Scroll to Top