Banijya News

जापानमा गोल्डस्टारको बजार विस्तार गर्न रणनीतिक साझेदारी

1
1.0K Shares

नेपाली जुत्ता उत्पादक गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्ड विस्तारका लागि रणनीतिक साझेदारी भएको छ । यो साझेदारीपछि जापानी बजारका लागि उत्पादन, वितरण र ब्रान्ड प्रवद्र्धनमा दुवै कम्पनीले सहकार्य गर्ने बताइएको छ ।

उक्त सम्झौतामा गोल्डस्टार स्ट्राइडका अध्यक्ष अमिरप्रताप जबरा र गोल्डस्टार जापानका प्रमुख कार्यकारी अधिकृत कावाशिमा मिजुकीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअघि गोल्डस्टार जापानका प्रतिनिधिले तीन पटक नेपाल आएर गोल्डस्टारका तीनवटै उत्पादन केन्द्रको निरीक्षण गरेको कम्पनीले जनाएको छ । उनीहरूले उत्पादन प्रक्रिया, मेसिन, गुणस्तर नियन्त्रण प्रणाली र जनशक्तिको मूल्यांकन गरेका थिए । कम्पनीका अनुसार त्यसपछि मात्र दीर्घकालीन साझेदारीको निर्णय गरिएको हो ।

सम्झौताअनुसार, जापानी बजारको आवश्यकताअनुसार जुत्ता उत्पादन, आधिकारिक वितरण, ब्रान्ड प्रवद्र्धन, बजार विस्तार र ग्राहक सेवामा दुवै कम्पनीले सहकार्य बताइएको छ ।

गोल्डस्टार स्ट्राइडका अध्यक्ष राणाले यस साझेदारीले ‘मेड इन नेपाल’ उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा थप सशक्त रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए ।

त्यस्तै, जापानका प्रमुख कार्यकारी अधिकृत मिजुकीले जापानी उपभोक्तासामु गुणस्तरीय उत्पादन पुर्‍याउँदै नेपाल–जापानबीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कम्पनीले यो सहकार्यबाट नेपालको निर्यात प्रवद्र्धन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा नेपाल–जापानबीचको आर्थिक सहकार्य थप मजबुत हुने अपेक्षा गरेको छ ।

 

 

1

Scroll to Top