भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको करिब ५८ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ ।
कम्पनीको कुल ५७ लाख ८५ हजार ३८५ कित्ता सेयरको लक इन अवधि भदौ १७ गतेदेखि सकिन लागेको हो । सेयरको लकइन अवधि समाप्त भएसँगै दोस्रो बजारमा कारोबार खुल्नेछ ।
कम्पनीको कुल सेयर संख्यामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५० लाख ८६ हजार ७९९ कित्ता रहेको छ । त्यस्तै, स्थानीय बासिन्दाका लागि छुट्टाइएको ६ लाख ७८ हजार २३९ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँड गरिएको २० हजार ३४७ कित्ता रहेको छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।


