Banijya News

सन नेपाल लाइफको ३.७७ करोड कित्ता सेयरको लक इन अवधि सकिँदै

1
1.0K Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी तथा कर्मचारीलाई बाँडफाँड गरेको सेयरको लक–इन अवधि भदौ महिनामा समाप्त हुने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार प्रकाशित सूचनामा कम्पनीका नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कुल ५ करोड २८ लाख २७ हजार ३६ कित्ता सेयरमध्ये संस्थापक र कर्मचारीको स्वामित्वमा रहेका सेयरको लक–इन अवधि भदौ १४ गतेबाट समाप्त हुन लागेको जनाएको हो ।

सूचनाअनुसार लक–इन अवधि समाप्त हुन लागेको सेयरमध्ये संस्थापकतर्फ ३ करोड ६९ लाख ३१ हजार ५५५ कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता गरी कुल ३ करोड ७७ लाख २४ हजार २४ कित्ता रहेको छ ।

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा प्रचलित कानून तथा नियामकीय व्यवस्थाअनुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

1

Scroll to Top