Banijya News

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक

1
1.0K Shares

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार, बैंकले समीक्षा अवधिमा १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ८६.१९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ८ करोड ८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २३ करोड ४५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर २३ करोड ३४ लाखमा सीमित बनेको छ । यस्तै, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड २३ लाख, खुद सञ्चालन आम्दानी ४७ करोड ४७ लाख र सञ्चालन मुनाफा २४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६९ लाख रुपैयाँले रिर्भसल भएको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा निकै सुधार आएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १०.६५ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा घटेर ६.१५ प्रतिशतमा झरेको छ ।
बैंकको रिटेन्ड अर्निङ ५५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । रिजर्भ भने ३४ करोड ५३ लाखबाट बढेर ४४ करोड ८० लाख पुगेको छ । यस्तै बैंकको वितरणयोग्य मुनाफा ५५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

व्यावसायिक कारोबारका हिसाबले बैंकले असार मसान्तसम्म ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब १ करोड ८३ लाख रुपैयाँको तुलनामा बढी हो । त्यसैगरी, निक्षेप संकलन पनि ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट उल्लेख्य रूपमा बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ, तरलता अनुपात ३९.४१ प्रतिशत, मूल्य आम्दानी अनुपात ४०.४८ गुणा र पूँजी कोष अनुपात ११.२९ प्रतिशत रहेको छ ।

1

Scroll to Top