साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफासहित आम्दानीमा गिरावट आएको देखिएको छ ।
गत आवमा कम्पनीको नाफामा २५.३६ प्रतिशतको गिरावटसहित खुद नाफा ६५ करोड ३१ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । अघिल्लो आवमा ८७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवमा कम्पनीको आम्दानी घट्दा नाफा घटेको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ३९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । जुन २९ प्रतिशतले कमी हो । साथै, कुल सञ्चालन आम्दानी पनि १ अर्ब ८१ करोड २७ लाख रुपैयाँबाट घटेर १ अर्ब २७ करोड ५४ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा पनि १ अर्ब २७ करोड ६३ लाख रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा पनि १ अर्ब ८४ करोड ९१ लाख रुपैयाँबाट घटेर १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँमा कायम भएको छ ।
चुक्ता पूँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ सञ्चिति रहेको छ भने शेयर प्रिमियम १ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
साथै, कम्पनीको प्रतिशेयर आम्दानी २०.२९ रुपैयाँबाट घटेर १३.२६ रुपैयाँमा कायम हुँदा एनपीएल २.९६ प्रतिशत र प्रतिशेयर नेटवर्थ २२१.७६ रुपैयाँ रहेको छ ।


