Banijya News

मेटलाइफका ग्राहकले २४ घन्टाभित्र बीमालेखका कागजात पाउने

1
1.0K Shares

मेटलाइफ नेपालले ग्राहकलाई बीमालेख जारी भएको २४ घन्टाभित्र बीमालेख सम्बन्धि कागजात उपलब्ध गराउने सेवा सुरु गरेको छ । यो व्यवस्था १५ जुन २०२६ देखि कार्यान्वयनमा आएको हो ।

आवश्यक सम्पूर्ण विवरणहरुसहित आवेदन गरिएका भुक्तानी सम्पन्न बीमा आवेदनहरुमा यो सुविधा लागू गरिएको छ । ग्राहकले अब आफ्‌नो आवेदनमा उल्लेख (दर्ता) गरिएको इमेल ठेगानामा बीमालेखको कागजात प्राप्त गर्न सक्नेछन् ।

हालसम्म ५३९ भन्दा बढी बीमालेखको कागजात डिजिटल माध्यममार्फत सफलतापूर्वक पठाइसकिएको छ । यस पहलले ग्राहकलाई आफ्नो बीमा विवरण छिटो, सहज र सुरक्षित रूपमा प्राप्त गर्न मद्दत गरेको छ ।

डिजिटल पोलिसी प्याकेजमा बीमाकोे विवरण, स्वागत पत्र, लाभ सम्बन्धी विवरण तथा सर्तहरू समावेश छन् । यस सेवाले बीमालेख सम्बन्धी कागजात वितरणमा लाग्ने समय उल्लेखनीय रूपमा घटाएको छ ।

यो पहलले मेटलाइफ नेपालको डिजिटल रूपान्तरण तथा ग्राहककेन्द्रित सेवा प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । कागजरहित प्रक्रियालाई प्रोत्साहित गर्दै यो कदमले पर्यावरणमैत्री र दिगो व्यवसायिक अभ्यासलाई समेत टेवा दिने अपेक्षा गरिएको छ ।

1

Scroll to Top