रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत बीमित हरिप्रसाद काफ्लेलाई रु. ५० लाख दाबी भुक्तानी गरेको छ ।
बीमित हरिप्रसाद काफ्लेले २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको रु.१ करोडको जीवन बीमा गरेका थिए । उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए ।
केही समयअघि बीमित हरिप्रसाद काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार रु. ५० लाख दाबी रकम भुक्तानी गरेको हो । उक्त दाबी भुक्तानीसँगै काफ्लेले रु. ५० लाख बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गरेका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले छिटो, पारदर्शी तथा विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उहाँका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ ।


