कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । कुमारी बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएका छन् । बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।
बैंकले बिक्री मूल्य भने विक्रेताले तोकेबमोजिम हुने जनाएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीबाट तोकिएको अवधिमा आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार अन्य लगानीकर्तालाई सेयर बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ ।


