सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । दुवै संस्थाबीच साउन १८ गते मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
हस्ताक्षर भएसँगै सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै मर्जर प्रक्रिया सुरु भएको जानकारी गराएको छ । संस्थाका अनुसार नेपाल राष्ट्र बैंकको गाभ्ने तथा गाभिने सम्बन्धी निर्देशिका, २०७९ बमोजिम आवश्यक प्रक्रिया अघि बढाइएको हो ।
मर्जर प्रक्रिया सम्पन्न भई सम्बन्धित साधारणसभाबाट आवश्यक निर्णय नहुँदासम्म आधारभूत (संस्थापक) सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन नेप्सेसँग अनुरोध गरिएको कम्पनीले जनाएको छ ।


