Banijya News

सिटिजन लिडर्स नाइट २०२६ सम्पन्न, नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ सार्वजनिक

1
1.0K Shares

सिटिजन लाइफ इन्स्योरेन्सले उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको सम्मानका लागि ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रमको आयोजना गरेको छ ।

एक हजारभन्दा बढी सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रमका अवसरमा कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समिति तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा प्रणालीको शुभारम्भ गरेका हुन् । कम्पनीका अनुसार, आधुनिक प्रविधिमा आधारित यस प्रणालीले सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र ग्राहकमैत्री बनाउनेछ ।

कार्यक्रममा ह्युमानोइड रोबोट र रोबोटिक डगको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो । हास्य कलाकार सुन्दर खनालको प्रस्तुति तथा कम्पनीका ब्रान्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वाँर, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले कम्पनीको भावी रणनीति, नेतृत्व विकास र उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान गरिएको थियो । प्रथम बिमा शुल्क संकलनतर्फ बुटवल शाखा उत्कृष्ट शाखा घोषित भएको छ । भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर, नितेश श्रेष्ठ उत्कृष्ट सिटिजन लिडर, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ता तथा दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती गर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन् ।

1

Scroll to Top