Banijya News

क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओमा केसी नियुक्त, अध्यक्षमा नेपाल चयन

1
1.0K Shares

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको व्यवस्थापक तथा सञ्चालक तहमा परिवर्तन गरिएको छ । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ ।

कम्पनीका अनुसार नियामक निकाय नेपाल बीमा प्राधिकरणको असार १ गतेको पत्रमार्फत प्रमुख कार्यकारी अधिकृत पद निलम्बनमा रहेको अवस्थामा सञ्चालक समितिको साउन १८ गते बसेको ४८औँ बैठकले अभिजित केसीलाई सोही मितिदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही बैठकबाट कम्पनी सचिव पदमा समेत परिवर्तन गरिएको छ । सञ्चालक समितिको ४८औँ बैठकले साविक कम्पनी सचिव मनोज पन्थको राजीनामा स्वीकृत गर्दै तारणी कटुवाललाई साउन १८ गतेदेखि लागू हुने गरी कम्पनी सचिव नियुक्त गरेको छ ।

यसअघि कम्पनीको सञ्चालक समितिको ४७औँ बैठकबाट सञ्चालक सदस्य योगेशकुमार नेपाललाई साउन १२ गतेदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्षमा चयन गरिएको छ ।

त्यस्तै, कम्पनीको ४५औँ सञ्चालक समिति बैठकको निर्णयअनुसार संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक समितिमा नयाँ सदस्यहरू नियुक्त गरिएको छ । नियुक्त सञ्चालकहरूको अनुमोदन आगामी वार्षिक साधारण सभाबाट गराउने प्रस्ताव गरिएको छ ।

कम्पनीले संस्थापक सेयरधनी मेट्रो क्यापिटल प्रालिको प्रतिनिधित्व गर्ने गरी योगेशकुमार नेपाल, विवेकराम भण्डारी र राजेश खत्रीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको जनाएको छ ।

1

Scroll to Top