Banijya News

अर्थमन्त्री डा. वाग्लेले आज वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

1
1.0K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मंगलबार देशका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन् ।

सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूले निर्वाह गर्नुपर्ने भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले बैंकका सीईओहरूसँग छलफल गर्ने भएका हुन् ।

अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त सबै २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुने बताइएको छ ।

छलफलमा बैंकिङ क्षेत्रको पछिल्लो अवस्था, कर्जा विस्तार, निक्षेप परिचालन, ब्याजदर, खराब कर्जा, निजी क्षेत्रमा जाने कर्जा तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।

बजेटमा समेटिएका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार, केन्द्रीय बैंक र वाणिज्य बैंकहरूबीच समन्वय बढाउने विषयलाई पनि छलफलमा प्राथमिकता दिइने बताइएको छ ।

1

Scroll to Top