Banijya News

पुरानो नगद लाभांश बुझिलिन तीन वाणिज्य बैंकको आग्रह

1
1.0K Shares

तीन वाणिज्य बैंकले पाँच वर्षको पुरानो नगद लाभांश बुझिलिन आउन शेयरधनीहरुलाई आग्रह गरेका छन् । ग्लोबल आइएमई बैंक, सानिमा बैंक र नेपाल एसआईबी बैंकले लिन बाँकी पुरानो नगद लाभांश बुझिलिन आउन आग्रह गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०६६/६७ देखि २०७६/७७ सम्म ५ वर्षको नगद लाभांश बुझिलिन आउन आग्रह गरेको छ । यसका लागि शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

यसैगरी, सानिमा बैंकले पाँच वर्षको नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको छ । यसका लागि शेयर रजिस्ट्रार सानिमा क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै, नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०५२।५३ देखि २०७६।७७ सम्मको पारित नगद लाभांश लिन नआएका शेयरधनीहरुलाई बुझिलिन आउन सूचित गरेको छ । यसका लागि शेयर रजिस्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाडौं कमलादीस्थित कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

यो सूचना प्रकाशित भएपछि पनि नगद लाभांश लिन नआएको खण्डमा सोबापतको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकहरुले जनाएका छन् ।

1

Scroll to Top