Banijya News

कृषि विकास बैंकको नाफा साढे २९ प्रतिशतले घट्दा ईपीएस १६.११ रुपैयाँ, अन्य सूचक कस्तो ?

1
1.0K Shares

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३ मा २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आवको तुलनामा २९.५२ प्रतिशत कम हो । अघिल्लो आवमा ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ कमाएको थियो ।

यसैगरी, गत आवमा बैंकको आम्दानी पनि घटेको पाइएको छ । बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँबाट ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको देखिन्छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ११ अर्ब ७० करोड ३० लाख रुपैयाँबाट ४.१५ प्रतिशतले घटेर ११ अर्ब २१ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

आम्दानी घटेपछि बैंकको सञ्चालन मुनाफा पनि ५ अर्ब २१ करोड ८ लाख रुपैयाँबाट २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३६ लाख रुपैयाँमा पुगेको छ । योसँगै बैंकको वितरणयोग्य मुनाफा पनि २ अर्ब ८१ करोड ६६ लाख रुपैयाँबाट ५५.१९ प्रतिशतले घटेर १ अर्ब २६ करोड २२ लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २४.५९ रुपैयाँबाट घटेर १६.११ रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा ३.४४ प्रतिशतबाट ४.०७ प्रतिशतमा पुगेको छ । आधारदर ५.८७ प्रतिशतबाट ४.५६ प्रतिशतमा झरेको यस बैंकको प्रतिशेयर नेटवर्थ २३१.७१ रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १७ अर्ब ९० करोड ५९ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकको कर्जा लगानी २ खर्ब १२ अर्ब १६ करोडबाट २ खर्ब ४७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलन बढेर २ खर्ब ९३ अर्ब ३५ करोडबाट ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

1

Scroll to Top